जल तथा मौसम विज्ञान विभागको मौसमी बेलुन सम्बन्धि प्रेस विज्ञप्ति

जल तथा मौसम विज्ञान विभाग र त्रिभुिन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रिय विभागको संयुक्त सहकार्यमा आज मिति २०७५।३।६ गते देखि त्रि.वि.वि. कीर्तिपुरबाट विहान ०५:३७ बजे मौसमी बेलुन (Radiosonde) उडाईएको छ । अब देखि नियमित रुपमा विहान ०५:३० बजे यस्ता बेलुनहरु सोहि स्थानबाट उडाइने कार्यक्रम रहेको छ । आज उडाईएको बेलुन १९ कि.मि. माथि सम्म पुगी विहान ०८:१५ बजे सुन्दरीजल आसपासमा खसेको थियो । हाईड्रोजन ग्यास भरिएको यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाईमा पुगेपछि फुट्ने गर्दछ । बेलुनमा जडित सेन्सरले नियमित रूपमा मौसमी तथ्यांक पठाउने गर्दछ । आज उडाईएको मौसमी बेलुनको उड्दाको सरदर गति ६ मिटर प्रति सेकेण्ड र झर्दाको गति ३ मिटर प्रति सेकेण्ड रहेको थियो । बेलुन झर्दा त्यसमा झुण्डाईएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यसरी प्रयोग भईसकेका बेलुन कसैले फेला पार्नु भएमा यस विभागमा पुर्याई दिनु हुन वा सम्पर्क गर्नु हुन जल तथा मौसम विज्ञान विभाग हार्दिक अनुरोध गर्दछ । यस सम्बन्धि सूचना उडाईएको उपकरणमा टाँस गरिएको छ । माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने विश्वास विभागले लिएको छ ।

आजको मौसमी बेलुनको उडानको शुभारम्भ त्रि.वि.वि. का रजिष्टार श्री डिल्ली राम उप्रेति र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले संयुक्त रुपमा गर्नु भएको थियो ।

 

 

मिति २०७५/०३/०६

http://www.dhm.gov.np/uploads/getdown/1454071866DHM.pdf