शुक्रबार २० असार, २०८२

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मनसुन  विशेष मौसम बुलेटिन - ३  Monsoon Special Weather Bulletin - 3)

(जारी मिति ː २०८१/०३/२० साँझ :०० बजे)

विगत केही दिन देखि मनसुन न्यून चापिय रेखाका कारण नेपालमा मनसुन सक्रिय हुन थालेकोले २०८१-०३-२० सम्म सतर्कताको लागि मिति २०८१-०३-१६ मा मनसुन विशेष मौसम बुलेटिन जारी गरिएको थियो। सो न्यून चापिय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास नै रहने  र मनसुन अझ सक्रिय हुने सम्भावना भएकोले मिति २०८१-०३-२३ गते आईतबारसम्म सतर्कताको लागि आज यस विशेष बुलेटिन जारी गरिएको छ।  

मिति २०८१-०३-२१ गते शुक्रबार देखि मिति २०८१-०३-२३ गते आईतबारसम्म पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

तसर्थ भोलि मिति २०८१-०३-२१ गते शुक्रबार देखि मिति २०८१-०३-२३ गते आईतबारसम्म भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको,  शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ दैनिक रुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन नियमित हेर्नुहुन अनुरोध छ ।

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोला

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौं

फोन: ११५५

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather


कमलराम जोशी

महानिर्देशक

Email: dg@dhm.gov.np

उपग्रह चित्रहरु
ट्वीटहरू
फेसबुक