आइतबार १९ सावन, २०८२

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाइ मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मनसुन  विशेष मौसम बुलेटिन -   Monsoon Special Weather Bulletin - 4)

(जारी मिति ː २०८१/०३/२३ दिउँसो :०० बजे)

 

मनसुन न्यून चापिय रेखा नेपाल नजिक भएकोले नेपालमा मनसुन सक्रिय हुने जानकारी सहित  २०८१-०३-२३ सम्म सतर्कताको लागि मिति २०८१-०३-२० गते  मनसुन विशेष मौसम बुलेटिन जारी गरिएको थियो।  सो न्यून चापिय रेखा भोलि मिति २०८१-०३-२४ गते देखि क्रमिकरुपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आइ भोलि देखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ। तथापि भोलि २०८१-०३-२४ गते देखि केही दिन कोशी  गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा   थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशबागमती प्रदेशलुम्बिनी प्रदेशकर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। 

तसर्थ वर्षाको कारण भू-क्षयपहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको,  खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेदैनिक जन-जीवनकृषिस्वास्थ्यपर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

यस मनसुनलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको   सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ दैनिक रुपमा सबैलाई अद्यावधिक मौसम सूचनाको जानकारी लिन  यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन नियमित हेर्नुहुन अनुरोध  

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोला

मौसम पूर्वानुमान महाशाखाजल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचरकाठमाडौं

फोन११५५

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather

 


कमलराम जोशी

महानिर्देशक

Email: dg@dhm.gov.np

उपग्रह चित्रहरु
ट्वीटहरू
फेसबुक